१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मौसम : पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना


0
Shares

weather

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि देशभर मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार प्रदेश १, वागमती, तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश १, वागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज काठमाडौंमा दिउंसो सामान्यतया मौसम सफा रहने छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ९ डिग्री सेल्सियस छ भने दिउँसोको अधिकतम् तापक्रम २४ देखि २६ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ७ मिनेटमा हुनेछ ।