१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इसाई धर्मगुरु पोप फ्रान्सिसद्वारा हिंसा र अतिवाद अन्त्यको आह्वान


0
Shares

काठामडौं । इसाई धर्मगुरु पोप फ्रान्सिसले हिंसा र अतिवाद अन्त्यको आह्वान गरेका छन् । कोरोना महामारी पछिको पहिलो विदेश भ्रमणका क्रममा इराक पुगेका पोपले यस्तो आह्वान गरेका हुन् ।

इराकी राष्ट्रपति बरहाम सालिहको स्वागत पछि बोल्दै पोपले हतियारको संघर्ष शान्त हुने विश्वास लिंदै चांर्डै नै हिंसा अन्त्य हुने आशा व्यक्त गरे । इराकको विविधता महत्वपूर्ण स्रोत भएको भन्दै उहांले इसाईहरुको महत्वपूर्ण भूमिका रहेकोमा जोड समेत दिए ।

पोप फ्रान्सिसले तीन दिने इराक भ्रमणका क्रममा इराकी अधिकारीहरु र इस्लाम धर्मगुरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले इराकमा सदियौंदेखि रहेबसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्ने भ्याटिकनले जनाएको छ ।

पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्नेै कार्यक्रम छ । इराक भ्रमणका क्रममा ८४ वर्षिय पोप फ्रान्सिसलाई सुरक्षा प्रदान गर्न करिब १० हजार इराकी सुरक्षकर्मी परिचालन गरिएको छ । एजेन्सी