८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भ्यालेन्सियाद्वारा भिलारियाल पराजित


0
Shares

काठमाडौं । स्पेनिस ला लिगामा भ्यालेन्सियाले भिलारियाललाई २–१ ले पराजित गरेको छ ।

गएरातिको भ्यालेन्सियाको मैदानमा भएको खेलको पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा जेराड मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको भ्यालेन्सिया कार्लोस सोलेरले खेलको ८६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेलको इन्जुरी समयमा गुइडेजले गोल गर्दै भ्यालेन्सियाको जित सुनिश्चित गरे ।

जितसँगै २६ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया अंक तालिकाको ११औं स्थानमा उक्लिएको छ । समान खेलबाट ३७ अंक जोडेको भिलारियाल सातौं स्थानमा छ । एजेन्सी