२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘बी’ डिभिजन लिग : ब्वाइज युनियन र टुसाल क्लब भिड्दै


0
Shares

काठमाडौं । शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगको चौंथो स्थानमा रहेको ब्वाइज यूनियनले ९ खेलमा १४ अंक जोडेको छ । टुसाल ९ खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच भिड्दै छन् ।

खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । श्री भगवतीलाई हराएर खुमलटार शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ । श्री भगवती ९ खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यसअघि हिजो भएको खेलमा बाँसबारी क्लबलाई ४–१ ले हराउँदै सातदोबाटोले अपराजित यात्रा कायमै राखेको हो । जितसंगै सातदोबाटोले उपाधि होड पनि बलियो बनाएको छ । सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ ।

दोस्रो स्थानको खुमलटार युथ क्लबको ९ खेलबाट २२ अंक रहेको छ । हिजै भएको दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले मध्यपुरले पुल्चोक स्पोर्ट्स क्लबलाई ३–२ ले हराएको छ । जितसँगै मध्यपुर ९ खेलमा १० अंकसहित सातौं स्थानमा पुगेको छ । २ अंकको पुल्चोक पुछारमा रहेर रेलिगेशन नजिक पुगेको छ ।