२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चितवन र कैलालीका फर्निचर उद्योगमा आगलागी


0
Shares

चितवन । भरतपुर महानगरपालिका रामपुरस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । मधु सापकोटाले सञ्चालन गर्दै आएको विक्रम चोकमा रहेको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो । आगलागीबाट काठबाट बनेका सामानहरू जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हो ।

यता, कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा पनि आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको प्रहरीले जनाएको छ । कम्पनी दुई महिन अघि मात्र सञ्चालनमा आएको थियो ।