
काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरूसँग हतियार नभएको दावी गरेको छ ।
पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सञ्चारकर्मीसँगको साक्षात्कारमा नेकपा हिंसाको बाटोमा नलागेकाले हतियारका बारेमा चर्चा गर्न आवश्यक नरहेको बताउनुभयो ।
नेकपा शसस्त्र द्वन्द्धबाट नभइ एकिकृत जनवादी क्रान्तिबाट वैज्ञानिक समाजवाद स्थापना गर्न लागेको बास्तोलाको भनाइ छ ।
बास्तोलाले नेपालको स्रोत, साधन तथा श्रमशक्तिको उपयोग गरी समृद्ध नेपाल बनाउने खाकामा सरकारसँग छलफल भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्