
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताउनुभएको छ ।
शनिबार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफूले कतै पनि हस्तक्षेप नगरेको स्पस्ट पार्नुभयो ।
मन्त्री भट्टले विकास निर्माण नचाहने, ध्वंस र विनास चाहने प्रवृत्ति आफुहरूभित्रै रहेकाले त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो । अहिले सरकारले गरेका काम अवरोध गर्नेहरू आफ्नै समूहभित्र रहेको उहाँको भनाइ छ ।
मन्त्री भट्टले सरकारी कर्मचारी सरकारविरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै त्यसको समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्