१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानी प्रधानमन्त्री खानलाई विश्वासको मत


0
Shares

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदको तल्लो सदनमा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

अविश्वास प्रस्तावमाथि शनिबार भएको मतदानमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

३ सय ४२ सिट रहेको तल्लो सदनमा प्रधानमन्त्री खानको पक्षमा १ सय ७८ मत परेको छ । सदनमा विश्वास कायम राख्नका लागि खानले १ सय ७२ मत ल्याउनु आवश्यक थियो ।

सिनेटको चुनावमा महत्त्वपूर्ण सिट गुमाएसँगै प्रधानमन्त्री खानमाथि बहुमतकोे सन्दर्भलाई लिएर प्रश्न उठेको थियो । विपक्षी दलहरूले खानको राजीनामासमेत मागेका थिए ।

शनिबार विदेशमन्त्री शाह मेहमूद कुरेशीले तल्लो सदनमा प्रधानमन्त्रीले विश्वासको माग गरेको भन्दै एक बुँदे प्रस्ताव पेश गर्नुभएको थियो । सोही प्रस्तावउपर मतदान गरिएको हो ।