
एजेन्सी । कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वका २० देशमा खोप पठाइएको छ । विश्वभरका २० गरिब देशमा सहायतास्वरूप करिब दुई करोड मात्रा खोप पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
‘कोभ्याक्स’ विश्व स्वास्थ्य संगठनले अनुदान स्वरूप विश्वका देशहरूलाई खोप उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो । यी खोपहरू यसै हप्ताको शुरुवातदेखि अफ्रिकाका देशहरूमा पठाइएको हो । अनुदानको खोप वितरण गर्ने कार्यक्रम घानाबाट शुरु भएको थियो ।
खोप वितरण अहिले निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले खोप खरिद गर्न नसक्ने अवस्था रहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरूमा अनुदानस्वरूप खोप उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्