१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टेस्ट सिरिज भारतलाई, टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश


0
Shares

एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको चार खेलको टेस्ट सिरिज जितेको छ ।

शनिबार भएको चौथो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डमाथि एक इनिङ्स र २५ रनको जित निकाल्दै भारतले सिरिज ३–१ ले आफ्नो बनायो । जितसँगै भारत आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत पुगेको छ । अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।

नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार इंग्ल्यान्ड दोस्रो इनिङ्समा १ सय ३५ रन जोड्दा अलआउट भएपछि भारतले एकै इनिङ्समा जित निकालेको हो । इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा डान लरेन्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जोय रुटले ३० रन बनाए ।

भारतका अक्षर पटेल र रविचन्द्र आश्विनले ५-५ विकेट लिए ।

यसअघि भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६५ रन बनाएको थियो । भारतका ऋषव पन्तले १ सय १ रनको शतकीय इनिङ्स खेले । रोहित शर्माले ४९ रन जोड्दा कप्तान विराट कोहली सुन्य रनमा आउट भएका थिए ।