
डोटी । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेकपाको आगामी कदम हेरेर कांग्रेसले रणनीति बनाउने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन डोटी शाखाले गरेको पत्रकार सम्मेलनमा नेता लेखकले सरकार सञ्चालन गर्ने म्यान्डेड पाएको नेकपाको कदमलाई कांग्रेसले हेरिरहेको बताउनुभयो ।
‘नेकपा के गर्छ त्यो हामी हेरिराखेका छौं, उहाँहरु भएको प्रधानमन्त्रीको राजीनामा गराएर आफ्नै दलबाट प्रधानमन्त्री खोजीराख्नु भएको छ त्यसैले हामीले किन यलाई भोट हाल्नुपर्छ, उलाई भोट हाल्नुपर्छ भनेर हिड्नु ?’, उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा लेखकले कांग्रेसको महाधिवेशन भदौ भन्दा पर जान संविधानले नदिने भएकाले अब शंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले क्रियाशील सदस्यताको नविकरण र नयाँ सदस्यता वितरणको अभियानलाई छिटो सम्पन्न गर्न लागेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्