
ताप्लेजुङ । तमोर नदीमा निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई जना मजदुरको ढुंगाले किचेर ज्यान गएको छ ।
ज्यान गुमाउनेमा उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् ।
शनिबार दिउँसो २ बजे सुरुङ भित्र काम गरिरहेको उनीहरूको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमै ज्यान गएको आयोजनाका करण गौतमले बताउनुभयो ।
उनीहरू थुम्बाबाट मित्लुङ तर्फ निस्कने आउटलेट सुरुङभित्र काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्