१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दार्चुलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते


0
Shares

दार्चुला । जिल्लाको लेकम गाउँपालिका–६ .उचाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।

दुर्घटनामा जीप चालक लेकम गाउँपालिका–६ का ३८ वर्षीय करन नाथ र शैल्यशिखर नगरपालिका–८ का ७० वर्षीय सुनादेवी पन्तको घटनास्थलमै मृत्यु भएको हो । शैल्यशिखर–८ का ४० वर्षीय पदमराज पन्तको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परी शैल्यशिखर–८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, पदमराज पन्तका छोराहरु १२ वर्षीय मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त तथा ७० वर्षीया गंगा पन्त रहेको सूचना अधिकारी चन्दले बताउनुभयो ।

जीप उचकोटको कच्ची सडकबाट १ सय मिटर तल खसेको छ । घाइतेहरूको उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।