३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द


0
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट एक हप्ताका लागि दिउँसो बन्द गरिने भएको छ । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न फागुन २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।

सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।

सडकखण्डमा बिहान साढे दश बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनियर सविना रानाभाटले जानकारी दिनुभयो । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।