१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भण्डारमै थन्कियो चिज


0
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादित चिजले बजार नपाउँदा कृषक चिन्तित भएका छन् । दैनिकजसो उत्पादन हुने चिज बिक्री नहुँदा भण्डारमा नै थन्काउनु परेको छ ।

कृषकलाई दुधको भुक्तानी गर्न पनि समस्या भएको छ । गाउँका ४५ जना कृषकले दैनिक रुपमा चिज उद्योगमा दुध विक्रि गर्दै आएका छन् । उद्योगले प्रति लिटर ४५ देखि ७० रुपैयाँसम्ममा कृषकहरुबाट दुध खरिद गर्दै आएको छ । चिज उद्योगमै दुध विक्री गर्ने उद्देश्यले यहांका किसान व्यावसायिक रुपमा गाई पालनमा लागेका छन् ।