
काठामडौं । सुनको मुल्य पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केहि दिनयता लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज ५ सय रुपैयाले बढेको हो ।
महासंघकाअनुसार आइतबार सुन प्रतितोला ८६ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सय रूपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा चाँदिको मूल्यमा सामान्य बृद्धि भएपनि नेपाली बजारमा भने बढेको छैन । चाँदि प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्