
काठमाडौं । आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ ।
नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विविध कार्यक्रम गरेर मनाउने गरिएको छ । यस पटकको महिला दिवसको नारा ‘महिला नेतृत्व : कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ ।
आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा महिलाहरुको सक्रिय सहभागीता र नेतृत्वको प्रशंसा गरिन्छ ।
समाजमा सुरक्षित भविष्य र समानताको लागि विभिन्न अभियानहरु चलिरहेका छन् ।
तैपनी नेपाली समाजमा महिलाहरुले यथोचित स्थान हाँसिल गर्न पाएका छैनन् । अझैपनि घरेलु वा पारिवारिक हिंसामा महिलाहरुमाथि दमन, विभेद र अत्याचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्