
सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले मेलम्चीको पानी उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले काँग्रेसका नेता किसुनजीको नामै नलिनु दुखद भएको बताउनुभयो ।
मेलम्चीको जन्मदाता किसुनजी भएको भन्दै मेलम्चीको पानी उद्घाटन कार्यक्रममा नामै नलिनु किसुनजी र सिंगो कांग्रेसको अपमान भएको उहाँले बताउनुभयो ।
आइतबार सुकुटेमा आयोजित सम्मान कार्यक्रममा बोल्दै कांग्रेसले मेलम्ची मुहानमा किसुनजीको सालिक बनाउने बस्नेतले दावी गर्नुभयो ।
‘पार्टीले नै सालिक बनाउँछ’ उहाँले भन्नुभयो, ‘नभए कांग्रेस खेलकुद विभागले मेलम्ची मुहानमा किसुनजीको सालिक बनाउँछ ।’
मेलम्चीको पानी काठमाण्डौं लैजाने भन्दै किसुनजीकै पालामा मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको थियो ।
काम सुरु भएको २२ वर्षपछि काठमाडौंले मेलम्चीको पानी पाएको छ ।
प्रतिक्रिया दिनुहोस्