१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनबाट २० टन युरिया मल आयात


0
Shares

काठमाडौं । चीनबाट युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो ।

दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताउनुभयो ।

सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४०० बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिनुभयो ।

झिकाइएको मल क्रमशः आउँदै गरेको र एक हजार २०० मेट्रिकटन काभ्रेको बनेपा, दुई हजार मेट्रिकटन काठमाण्डौ, ८०० मेट्रिकटन नुवाकोट जिल्लाबाट पहाडी जिल्लामा वितरण गरिने पनि उहाँले बताउनुभयो ।