
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाहरूले समान अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार १ सय ११औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको हो ।
५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरूले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताउनुभयो । संविधानतः महिलाहरूले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेकाले कार्यान्वयन हुनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।
नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरूको कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्