
एजेन्सी । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक महिलाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको चण्डीगढमा ट्राफिक प्रहरीकी जवान महिलाले आफ्नो एक वर्षको बच्चा बोकेर ट्राफिक व्यवस्थापन गरेको भिडियो भाइरल बनेको हो ।
बच्चालाई सम्हाल्दै ड्युटी गरेकी जवान प्रियंकाको प्रशंसा भइरहेको छ । आफ्नो बच्चा सानो भएको र घरमा एक्लै राख्न नहुने भएकाले सँगै लिएर आएको उनको भनाइ छ ।
प्रायजसो उनका पति र परिवारले बच्चालाई लिएर उनको ड्युटी गर्ने क्षेत्रमा जाने गरेको प्रियंकाको भनाइलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । बच्चा रोएको समयमा मात्र आफूले बच्चा सम्हाल्ने गरेको महिलाको भनाइ छ । बच्चा भए पनि ड्युटी पूरा गर्नु आफ्नो दायित्व भएको उनी बताउँछिन् ।
भिडियो सामाजिक सञ्जालमा राखेको केही समयमा नै भाइरल बनेको छ । सबैतिरबाट उनको प्रशंसा भएको छ । केही व्यक्तिहरुले भने ड्युटीको समयमा बच्चालाई ध्यान दिन नहुने तर्क गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्