१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल–नेपाल समूहको नेकपाको स्थायी कमिटी बैठक सुरु


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछिको परिस्थितिबारे छलफल हुने नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । तत्कालका लागि अदालतको फैसलाको विषयमा छलफल गरेर अघि बढ्ने विषयमा छलफल हुने बताउनुभयो ।

यसअघि नै दाहाल–नेपाल समूहको नेकपाले अदालतको फैसलाको विषयमा कानुनविद्हरुसँग छलफल गरेको थियो । छलफलबाट समूहले अदालतको फैसलालाई पुनरवलोकन गर्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको नाम आफ्नो भन्दै दिएको रिटमा कट्टेलको पक्षमै फैसला गरिदिएको छ भने एकीकरणपछि नाम राखिएको नेकपा भएको दललाई पूर्ववत अवस्थामा फर्काइदिएको छ । यसले राजनीतिलाई तरङ्गित बनेको दाहाल–नेपाल समूहले सोमबार स्थायी कमिटी बैठक बोलाएको हो ।