१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयर कप क्रिकेटमा त्रिभुवन आर्मीको पहिलो जित, सोमपालको ८० रन


0
Shares

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं मेयर–११ लाई ५ विकेटले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो । काठमाडौंले दिएको १ सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

आर्मीको जितमा सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेले । सोमपाल प्लेयर अफ द म्याच बने । आर्मीका कुशल मल्लले २३ रन जोड्दा भिम सार्कीले १६ रन बनाए । कप्तान विनोद भण्डारीले अविजित २० रन जोड्दा राजेश पुलामी ८ रनमा अविजित रहे । काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो । काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाए । सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रनमा आउट भए । आर्मीका शाहब आलमले ४ विकेट लिए ।

जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ ।