१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिबाट मुस्कान सम्मानित


0
Shares

काठमाडौं । अमेरिकी सरकारबाट प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) सम्मान प्राप्त गर्न सफल मुस्कान खातुनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सम्मान गर्नुभएको छ ।

महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको समारोहमा खातुनलाई सम्मान गरिएको हो । राष्ट्रपति भण्डारीले खातुनलाई प्रशंसापत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

एसिड आक्रमणमा परेकी खातुनले महिला र बालिकाको पक्षमा गरेको संघर्षका कारण प्रतिष्ठित अमेरिकी सम्मान पाउनुभएको हो ।