
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा पुल्चोकले पहिलो जित निकाल्दा शीर्ष स्थानको सातदोबाटो पराजित भएको छ ।
पुल्चोक स्र्पोर्टस क्लबले रानीपोखरी कर्नर टिम आरसिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित निकाल्यो । पुल्चोकलाई जित दिलाउन अर्जुन कुमार राना र किस्मत लिम्बुले एक–एक गोल गरे । आरसिटीका अमर डंगोलले एक गोल फर्काए ।
जितसँगै पुल्चोकले १० खेलमा २ अंक जोडेको छ । पुल्चोक लिगको पुछारमा छ । आरसिटी १० खेलमा १३ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।
सोमबार नै भएको पहिलो खेलमा मध्यपुर युथ एसोसियसनसँग सातदोबाटो युथ क्लव २–१ गोल अन्तरले पराजित भयो । लिगमा सातदोबाटोको यो पहिलो हार हो । मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे ।
सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काए । मध्यपुरसँग पराजित भए पनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
सातदोबाटो दुई खेल अगाबै ‘ए’ डिभिजनमा बढुवा समेत भइसकेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर लिगको छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्