
एजेन्सी । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा परी १० जना तालिबान लडाकुको मृत्यु भएको छ ।
अफगानिस्तानमा लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरूले सरकारी सम्पत्ति र सर्वसाधारणमाथिको आक्रमण जारी राखेको बेला सेनाले कारबाही चलाएको हो ।
अफगानिस्तानमा हिंसाको अनुगमन गरिरहेको संस्था रिडक्सन इन भायोलेन्सले सेनाको कारबाीमा १० जना तालिवानको मृत्यु भएको पुष्टि गरेको छ । हेल्मण्ड प्रान्तको प्रान्तीय प्रहरी कार्यालयले सो घटनामा १० जना तालिवानको मृत्यु भएको पुष्टि गरेको छ । यो क्षेत्रलाई तालिबानको गढ मानिदै आइएको छ ।
उता अफगानिस्तानका विभिन्न प्रान्तका तालिवानले हिंसात्मक घटना घटाएको अफगान प्रहरीले बताएको छ । सो हिंसामा भएको मानवीय क्षतीका बारेमा कुनै जानकारी गराइएको छैन् ।
प्रतिक्रिया दिनुहोस्