१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली पक्ष आन्तरिक छलफलमा


0
Shares

काठमाडौं । सर्वोच्च अदालतको फैसला पछिको राजनीतिक यात्रा कसरी अघि बढाउने भन्ने रणनीति बनाउन ओली समूह पनि जुटेको छ ।

ओली पक्षका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका हुन् । आफू पक्षका नेताहरूबीच छलफल गरेर नेपाल पक्ष पनि दाहाल पक्षसँग छलफलका लागि पेरिसडाँडामा छन् ।

पेरिसडाँडामा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारको छलफलमा छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरू उपस्थित रहेको बताइएको छ ।

साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरूको कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे दुवै पक्षमा छलफल चलिरहेको छ ।