१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थप ८९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ९९ जनामा गरिएको पीसीआर परीक्षणमा ८९ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ ।

अब नेपालमा ८ सय ७२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । सोमबार एक जनाको सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।