
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताउनुभएको छ ।
पार्टी एकता गर्दाको समयमा ढङ्ग नपुगेका कारण समस्या आएको उहाँको तर्क छ । विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले समस्या भएको उहाँको भनाइ छ ।
केही समय अघि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री ओली समूहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरू पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्वस्त हुन पनि उहाँले आग्रह गर्नुभयो ।
महिला अधिकारको विषयमा संसदमा पहिलो अगुवाइ गरेर राज्यका अंगहरूमा ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर प्रस्ताव लैजाने र सफल बनाउने नेतृलाई अपमान गर्ने काम दुखद भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्