
काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेकपाले पूर्व एमाले र माओवादी केन्द्र शक्ति उन्मादका कारण पहिचानविहीन बन्न पुगेको आरोप लगाएको छ ।
ओली–दाहाल पक्षले पहिलेदेखि नै प्रलोभन दिँदै आए पनि आफूहरूले न्यायिक लडाईं जारी राखेको दाबी पनि गरेको छ ।
पार्टीको सचिवालय सदस्य कृष्णहरि भट्टले मुद्दा अदालतमा विचाराधीन रहेको बेला सत्ताधारीहरूबाट मुद्दा फिर्ता लिन लगाउने कोशिस पटक–पटक गरेको आरोप लगाउनुभयो ।
उता, गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रले आफूहरूको पार्टी कसैलाई हस्तान्तरण हुन नसक्ने बताएको छ ।
संविधान र कानुन अनुसार पार्टी र चुनाव चिन्ह दर्ता गरेकाले आधिकारिक माओवादी केन्द्र आफूहरू रहेको र आवश्यक परे कानूनी उपचारमा समेत जाने पार्टीका सचिव आलोक रायमाझीले बताउनुभयो ।
सर्वोच्चले एमाले र माओवादी केन्द्र पूर्ववत् रूपमा ब्युँतिने फैसला गरे पनि यी दुवै पार्टी कानुनी रूपमा अर्कैका नाममा दर्ता रहेकाले फेरि पनि कानुनी जटिलता आउने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्