२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हामीले छोडेको २० महिनामा प्रचण्ड धुलोपिठो भए– विप्लव


0
Shares

biplab address mass meeting

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरूले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुमा सम्बोधन गर्दै उहाँले माधव नेपाल नभएको भए प्रचण्ड जोगी भैसक्ने टीप्पणी गर्नुभयो । प्रचण्डले सहिद र बेपत्ता परिवारलाई बिर्सेको उहाँको आरोप छ ।

प्रचण्ड र केपी ओलीको गठबन्धनलाई जनताले बहुमत दिए पनि शक्तिको लडार्इंमा केन्द्रित हुँदा एक वर्षमै विवाद सुरु भएको चन्दको भनाइ छ । अहिले राष्ट्रिय राजनीतिको मुख्य विषय नै भ्रष्टाचार भएको महासचिव चन्दले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा चन्दले माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा १९ अर्ब रुपैयाँ भ्रष्टाचार भएको समेत बताउनुभयो । प्रतिबन्ध फुकुवाको हस्ताक्षरपछि चन्द पहिलोपटक सार्वजनिक कार्यक्रममा बोल्नुभएको हो ।