११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


आयात प्रतिस्थापनका लागि स्वदेशी उत्पादन बढाउन प्रधानमन्त्री ओलीको जोड


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयात प्रतिस्थापनका लागि स्वदेशी उत्पादन बढाउन आग्रह गर्नुभएको छ । स्वदेशी उत्पादन नहुँदा आयातका लागि बाध्य हुनुपरेको भन्दै स्वदेशी उत्पादन बढाउने अभियानमा सरकारको पूर्ण साथ रहेको उहाँको भनाइ छ ।

‘हाम्रो सामान हाम्रो स्वाभिमान’ नारासहित स्वदेशी उत्पादन र प्रयोगमा जोड दिँदै नेपाल उद्योग परिसंघको मेक इन नेपाल अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा कच्चा पदार्थ र अत्यावश्यक बाहेकका अन्य वस्तु आयात नगर्ने स्थितिमा पुग्न उहाँले आग्रह पनि गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल औद्योगिकरणमा अघि बढेकाले सरकारले आन्तरिक लगानी प्रवद्र्धनमा सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले स्वदेशी उत्पादन र प्रयोगलाई बढावा दिँदै रोजगारी सिर्जना र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पनि सहयोग गर्ने बताउनुभयो । अभियानले आर्थिक गतिविधि बढाउँदै आवश्यकतालाई अवसरमा परिणत उहाँको दावी छ ।

नेपाल उद्योग परिसंघले सुरु गरेको मेक इन नेपाल अभियानले देशैभरी रोजगारी सिर्जना र स्वदेशी वस्तुको प्रवद्र्धनमा सहयोग गर्ने परिसंघको दावी छ ।