५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


जोकोभिचले तोडे फेडेररको कीर्तिमान


0
Shares

एजेन्सी । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले सर्वाधिक लामो अवधि विश्व वरियताको शिर्ष स्थानमा रहने कीर्तिमान राखेका छन् ।

हिजो सार्वजनिक गरिएको वरियतामा पनि आफ्नो शिर्ष स्थानालाई निरन्तरता दिदै जोकोभिचले यो दुर्लभ कीर्तिमान तोडेका हुन् ।

जोकोभिच ३ सय ११ हप्ता शिर्ष स्थानमा रहेका छन् । यसअघि यो कीर्तिमान स्विस टेनिस स्टार रोजर फेडेररको नाममा ३ सय १० हप्ताको थियो ।

सर्वाधिक लामो अवधि शिर्ष वरियतामा रहने किर्तीमान बनाएपछि जोकोभिचले फेडेररलाई आफुले सधै सम्मान गर्ने र उनी समकालिन टेनिस विश्वका लागि प्रेरणाको स्रोत भएको प्रतिक्रिया दिएका छन् ।

सन् २०२० को अष्ट्रेलियन ओपन टेनिसपछि कोर्टमा नदेखिएका फेडेरर यसै हप्ता कतार ओपनमा प्रतिस्पर्धा गर्दैछन् ।

फेडेरर विश्व टेनिसमा सर्वाधिक २० पटक ग्राण्ड स्लाम जित्ने पुरुष खेलाडी हुन् । स्पेनका रफाइल नदालले पनि २० पटक ग्रान्डस्लाम उपाधि जितेका छन् ।

जोकोभिचले भने दुई हप्ताअघि अष्ट्रेलियन ओपन जित्दै ग्राण्ड स्लाम उपाधि संख्या १८ पु¥याएका छन् ।