१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तयारी नपुगेको भन्दै एमाले सचिवालय बैठक स्थगित


0
Shares

काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले आजका लागि सचिवालय बैठक बोलाउनुभएको थियो ।

नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो ।

यो समितिमा ईश्वर पोखरेलको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव रहेका छन् ।