
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो ।
सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उहाँले पहिलो पटक बैठक बोलाउनुभएको हो ।
बैठकका एजेण्डा नभएपनि सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने मन्त्रीहरुले बताएका छन् ।
सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक बोलाएर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्