
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि गठबन्धन अप्रत्यासित बन्यो । यसै गठबन्धनमा पुग्नुभएका मणिचन्द्र थापा अहिले खानेपानी तथा सरसफाइ मन्त्री हुनुहुन्छ ।
संघीय संसदको सांसद समेत नरहनु भएका मन्त्री थापा आफ्नो राजनीतिक भविष्य केपी ओली नेतृत्वको समुहबाट अगाडी बढाउने निष्कर्षमा पुग्नुभएको छ । सर्वोच्च अदालतको पछिल्लो निर्णयबाट नेपाली राजनीतिको मोड फरक दिशामा जाने देखिन्छ ।
यसै सन्दर्भमा थापासँग गरिएको कुराकानीमा नेता थापाले नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडी बढ्न सम्भव रहेको बताउनुभएको छ । राष्ट्रवाद, देश विकास र स्थायित्व प्रधानमन्त्री ओलीबाट मात्र सम्भव भएकोले पूर्व माओवादीबाट ओली पक्षमा आउनु भएका नेताहरु माओवादी पार्टीमा नफर्किने पनि बताउनुभयो ।
अबको राजनैतिक निकास निर्वाचनबाट मात्र सम्भव भएकोले देश निर्वाचनमा जानुपर्ने पनि उहाँको भनाइ छ । राजनैतिक दलहरु सरकार फेरबदल गर्ने गठबन्धन बनाउने भन्दापनि निर्वाचनको लागि तयार हुनुपर्ने उहाँको सुझाब छ ।
प्रतिक्रिया दिनुहोस्