१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


११ वर्षीया बालिका बलात्कारको आरोपी विराटनगरबाट पक्राउ


0
Shares

काठमाडौं । सप्तरीमा ११ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुरूङगा नगरपालिका–५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुक रहेको प्रहरीले जनाएको छ । धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको मोरङको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

धानुकलाई बिराटनगर नगरपालिका–१५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।