१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेश यात्रामा कोरोना खोप अनिवार्य नगर्न डब्लुएचओको आग्रह


0
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठनल (डब्लुएचओ)ले अन्तर्राष्ट्रिय (विदेश) यात्राका लागि खोपलाई अनिवार्य गर्न नहुने जनाएको छ ।

संगठनका एक अधिकारी डा. माइकल रियानले सबै देशमा खोप पुगिनसकेको र समान रुपमा वितरण समेत नभइसकेको अवस्थामा अन्तर्राष्ट्रिय यात्रामा खोपलाई अनिवार्य गर्न नहुने बताउनुभयो । संगठनले यस्तो गर्नु अव्यवहारिक हुने जनाएको छ ।

कुन खोपले कति समयसम्म काम गर्छ भन्ने विषयमा पुष्टि नभइसकेको र अध्ययनको क्रममा रहेको डा. रियानले बताउनुभयो । यस्तो अवस्थामा खोप लगाएको व्यक्तिलाई सुरक्षित मान्ने वा नमान्ने भन्ने प्रश्न उब्जिएको उहाँको भनाइ छ ।