१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतले ललितपुरकाे कुमारी घर पुनर्निर्माण गरिदिने, राजदूतद्वारा शिलान्यास


0
Shares

काठमाडौं । ललितपुरमा रहेको कुमारी घर पुनर्निर्माण हुने भएको छ । ०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको ललितपुरस्थित कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो ।

मंगलबार भारतीय राजदुत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी निवासको शिलान्यास गर्नुभयो । विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भूकम्प पश्चात क्षतिग्रस्त बनेको थियो ।

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैयाँ ३२ पैसाको लागतमा भौतिक संरचनाको पुनर्निर्माण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले जानकारी दिनुभयो ।

जीवित कुमारी

भौतिक संरचनाहरू पुरानै मौलिक स्वरूपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने सिंहले बताउनुभयो । डेढ वर्षमा सम्पन्न गर्ने गरी बनाउन लागिएको भवन भूकम्प प्रतिरोधी हुने उहाँको भनाइ छ ।