२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


असारसम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन मन्त्री श्रेष्ठको निर्देशन


0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले असारसम्म पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिनुभएको छ ।

मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको गुनासो आउने गरेकाले त्यस्ता गुनासो आफूले सुन्न नचाहेको बताउभुभयो ।

कुनैपनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तकको प्रकाशन गरी दुर्गम ठाउँहरूमा पु¥याउन मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । पाठ्यक्रमबाट सामग्री नआएको खण्डमा त्यहाँ पहल गरी छिटो सामग्री पठाउन पहल गर्ने उहाँको भनाइ छ । उहाँले पुस्तक छाप्ने क्रममा जुम्लाको विकट गाउँलाई सम्झन पनि आग्रह गर्नुभएको छ ।

असारदेखि शैक्षिक सत्र सुरु हुने स्मरण गराउँदै मन्त्री श्रेष्ठले माध्यमिक तहको पुस्तक प्रकाशन गरी समयमै दुर्गम गाउँहरुमा पुर्याउन निर्देशन दिनुभएको छ । नयाँ शैक्षिक सत्र सुरु हुँदा विद्यार्थीको हात पुस्तक पुर्याउने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।