
एजेन्सी । मंगलबार बसेको भारतको संसद् बैठकमा सांसद्ले आफूले भनेको विषय टेलिभिजनले नदेखाएको गुनासो गरेका छन् ।
भारतको तल्लो सदन लोकसभामा विपक्षी कांग्रेसका सांसद् रञ्जन चौधरीले लोकसभा टेलिभिजनले विपक्षीले उठाएको विषयलाई नदेखाउने गरेको आरोप लगाउनुभयो । उहाँले सरकारी पक्षको भनेको विषयलाई पटक–पटक देखाउने टेलिभिजनले विपक्षीको कुरालाई पनि उत्तिकै महत्व दिनुपर्ने माग गर्नुभयो ।
लोकसभा टेलिभिजन भारतको संसद् बैठक लोकसभाको प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक टेलिभिजन च्यानल हो । टेलिभिजनलाई सरकारले संसद् र सरकारले सञ्चालन गर्दै आएको छ ।
मंगलबार लोकसभा बैठकमा पेट्रोलको मूल्य बढेको विषयलाई लिएर पनि विपक्षीहरूले विरोध गरेका थिए । बीबीसीका अनुसार बैठकमा हंगामा भएको थियो । सोही क्रममा कांग्रेस सांसद चौधरीले विपक्षीका विषयलाई टेलिभिजनमा नदेखाउने गरेको गुनासो गर्नुभएको थियो ।
यस सन्दर्भमा लोकसेवा अध्यक्ष ओम बिडलाले ‘के टेलिभिजनले यस्तो हंगामा र नाराबाजी देखाउन चाहन्छन् ?’ भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा चौधरीले संसद्भित्र भएको विरोध पनि संसदीय कारबाहीको हिस्सा भएको बताउनुभएको थियो ।
तल्लो सदन लोकसभा र माथिल्लो सदन राज्यसभामा पेट्रोलको मूल्यवृद्धिको विषयमा विरोध भएपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको समाचार उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्