
काठमाडौं । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ । चीनमा रहेका अलपसंख्यक उइगुर मुसलमान समुदायमाथि चीनले संयुक्त राष्ट्रसंघको मानवअधिकार घोषणापत्र विपरीत चरम दमन गरेको चीनको आरोप छ ।
हालै मात्र अमेरिकाले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार अल्पसंख्यकहरुमाथि चीनले मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन र युद्ध अपराध भन्दा बढी यातना दिएको आरोप लगाइएको छ । चीन सरकारले उइगुर समुदायमाथि गरेको ज्यादती तत्काल अन्त्य गर्नुपर्ने समेत प्रतिवदेनले औंल्याएको छ ।
अमेरिकाले यसअघिदेखि नै बन्दीहरुमाथि यौन दुव्यवहार गरिएको आरोप लगाएपनि चीनले सो आरोपको खण्डन गर्दै आएको छ । गत मात्र ७ मा पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री वाङ यीले शिनजियाङमा नरसंहार भएको आरोपको खण्डन गरेका थियो ।
गत जनवरीमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अल्पसंख्यक समुदायमाथि चरम मानवअधिकार उल्लंघन गरेको आरोप लगाएको थियो । त्यसयता भएका विभिन्न अनुसन्धानले आफूहरुको आशंका पुष्टि भएको अमेरिकाको दावी छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्