
काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुर्नस्थापना गरिदिएको संसदको दोस्रो बैठक आज बस्न लागेको हो ।
यसअघि गत आइतबार बसेको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को अवरोधले स्थगित भएको थियो ।
सो बैठकलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले बहिष्कार गरेका थिए ।
नेकपाको नाम सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलासँगै एकता औपचारिक रुपमा भंग भएपछि नेकपाका सांसदहरु आज पूर्ववत एमाले र माओवादी केन्द्रका रुपमा सदनमा जाने छन् ।
आजको बैठकमा पनि गत आइतवारका लागि तय गरिएको कार्यसूचीले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्