२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कांग्रेस सरकारमा जानुपर्छ : डा. शेखर


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताउनु भएको छ ।

देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको विकल्प नभएको उहाँले बताउनु भएको हो ।

झापामा बुधबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सरकार निर्माणमा केपी ओलीसँग भने सहकार्य गर्न नहुने बताउनुभयो ।

ओलीले संविधान बाहिर गएर संसद विघटन गरेकाले उहाँसँग सहकार्य गर्न हुन्न कोइरालाले भन्नुभयो ।

सर्वोच्चको पछिल्लो फैसलाले देश संकटमा फसेको बताउँदै कोइरालाले ढिलोमा २०७८ चैत्तसम्म चुनाव गरिसक्नुपर्नेमा जोड दिनुभयो ।

अहिलेको अवस्थामा कांग्रेस पर्ख र हेरको अवस्थामा बस्न नहुने भन्दै चुनावी कार्यक्रमको अभियान थाल्नुपर्ने उहाँले बताउनुभयो ।