
नवीन्द्रराज जोशी । फाइल तस्वीर ।
काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर छ । नर्भिक अस्पतालका डा. राजीव झाका अनुसार जोशीको स्वास्थ्यमा खाशै सुधार हुन सकेको छैन् ।
बीचमा स्वास्थ्यमा केही सुधार देखिइपनि शनिबार देखि यता स्वास्थ्यमा गम्भीर समस्याहरु देखिएको झा ले जानकारी दिनुभयो ।
अहिले पनि जोशी कोमामै रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । जोशीलाई मस्तिष्कघात भएर अस्पताल पुर्याइएको थियो ।
सानो शल्यक्रिया पछि सुधार भएको जोशीको स्वास्थ्य पुनः गम्भीर भएको छ ।
प्रतिक्रिया दिनुहोस्