
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले संगठन निर्माणलाई ठोस रुपम दिने निर्णय गरेको छ ।
बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले संगठन निर्माणको योजनालाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ । गिरिराजमणि पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा र वर्षमान पुन रहेको कार्यदलले केही दिनभित्रै प्रतिवेदन पेश गर्ने निर्णय पनि बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ११ गते सर्वोच्चको फैसला पछि राजीनामा दिनुपर्ने भए पनि नदिएपछि अन्य दलसँग सहकार्य गरेर निर्णय लिने श्रेष्ठले जानकारी दिनुभयो । संसद अब दुई वर्ष चल्नुपर्ने भएकाले आफूहरुले हतारमा निर्णय नगरेको उहाँको भनाइ छ ।
नेपाली कांग्रेस र जनता समाजवादी दलसँगको छलफल पछि सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै नयाँ सरकारको लागि पहल गर्ने श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्