
इलाम । जिल्लामा सवारी चालक अनुमतिपत्र नवीकरणको सेवा प्रवाह सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय इलामले नवीकरणको सेवा सुरु गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको टोलीले लाइसेन्स नवीकरण सफ्टवेयरको परीक्षण गरेसँगै सवारी चालक अनुमतिपत्रको नविकरण सुरु भएको हो । यसअघि लाइसेन्स नवीकरणका लागि ताप्लेजुङ, पाँचथर र इलामका नागरिक यातायात व्यवस्था कार्यालय झापा पुग्नुपर्ने बाध्यता थियो ।
लाइसेन्स नवीकरण सेवा सुरु गरे पनि नयाँ लाइसेन्सको लिखित, ट्रायल र लाइसेन्स वितरणका लागि भने अझै केही समय लाग्ने भएको छ । चालक अनुमतिपत्रको लागि आवश्यक पर्ने ट्रायल सेन्टरको निर्माण कार्य सम्पन्न भए पनि यातायात व्यवस्था विभागले अनुमति नदिएकाले काम सुरु हुन सकेको छैन ।
कार्यालयबाट नयाँ सवारी दर्ता, सवारी नामसारी, सरुवा सहमति, ब्लुबुक नवीकरण, बाटो इजाजत, जाँचपास, सवारी पञ्जीकरण, पटके इजाजत सेवा दिइने छ ।
प्रतिक्रिया दिनुहोस्