८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमालेका नेपाल समूहको बानेश्वरमा छुट्टै भेला


0
Shares

काठमाडौं । आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधवकुमार नेपाल समूहका नेताहरूले छुट्टै भेलाको आयोजना गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन् ।

बुधबार दिउँसो भएको भेलामा नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत समूहका अन्य केन्द्रीय कमिटी सदस्यहरूको सहभागिता थियो ।

सर्वोच्च अदालतले साविकको नेकपा(एमाले) पार्टी ब्यूँताइदिएपछि नेपाल–खनाल पक्षका नेताहरू एमालेमै समाहित भएका छन् । तत्कालीन नेकपा(एमाले)को संसदीय दल, स्थायी कमिटी र केन्द्रीय कमिटीमा नेपाल समूहको बलियो उपस्थिति छ । नेपाल समूहको यो भेलालाई चासोपूर्वक हेरिएको छ ।