
कैलाली । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भीम रावलले दुई शर्त माने एमालेको साधारण सदस्य राख्न सकिने बताउनुभएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना पछि बोल्दै थापाले यसअघि गायब पारिएको ३० लाख रुपैयाँ ब्याज सहित फिर्ता गरी सार्वजनिक माफी मागे पार्टीको साधारण सदस्य राख्न सकिने बताउनुभयो ।
भीम रावलले कायकर्ताले उठाएको लेबिमा आर्थिक अनियमितताको अपराध गरेको समेत थापाको आरोप छ ।
नेता थापाले कसैले नेकपा एमालेमा फर्किएर आफ्ना पदहरू जस्ताका त्यस्तै फिर्ता आउँछ भन्ने सोच राख्नु भ्रम भएको बताउनुभयो ।
दुवै गुटले पार्टी कार्यालय कब्जा गर्ने होडबाजी चलेको सञ्चारकर्मीको प्रश्नमा उहाँले कब्जा गरेको नभइ जिम्मेवारी लिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्