
एजेन्सी । लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गयराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आरबी लेइप्जिगलाई २ शुन्यले पराजित गर्दै समग्रमा ४ शुन्यको जितसहित लिभरपुलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
अवे मैदानमा भएको पहिलो लेगमा पनि लिभरपुल २ शुन्यले विजयी भएको थियो । लिभरपुल यसअघि लगातार ६ खेलमा घरेलु मैदानमा पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्